About Us

नेपाल विश्वमै जलश्रोतको दोश्रो धनी देश भएता पनि उक्त जलश्रोतको सही उपयोग हुन नसक्दा देशले चरम विद्युत संकटको सामना गर्नु परिरहेको कुरा सर्वविदित्तै छ । विकट भू-वनोट भएको दुर्गम जिल्ला खोटाङको वाकाचोल गा.वि.स. वासी पनि त्यस्तै पीडा भोग्न बाध्य छन् । प्रशस्त संभावनाहरु भएतापनि राज्य एवं राष्ट्रिय तथा अर्न्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले वाकाचोलबासीका लागि विद्युत उत्पादनमा लगानी गरिदिने आँट गरेनन् । तर अब भने वाकाचोलवासीहरु आफै यसका लागि लागिपरेका छन् । Read More...

 Notice Board

अपिल

मिति: २०६५/१२/१६

 

देश उर्जा संकटबाट गुज्रदो छ । यस्तो अवस्थामा हाम्रो जस्तो विकट भू-वनोट भएको दुर्गम जिल्ला खोटाङको वाकाचोल गा.वि.स. मा विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन विस्तार गरी सुविधा उपलब्ध होस् भन्नु प्राय: असम्भव छ । प्रशारण लाईन जोड्नु मात्र सुविधा पाउनु होइन, न की निरन्तर आपूर्ति नभए हाल देशको मुख्य शहरहरुले बेहोरी रहेको अन्धकार नियतीले निरन्तरता पाउने छ भन्ने कुरालाई आत्मसात गर्दे वाकाचोल गा.वि.स. बासीहरुको सकृय उत्साह, वाकाचोल गा.वि.स. को कार्यालय र मुख्यगरी वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (ESAP) को अनुदान सहयोगमा स्थानीय श्रोत साधनलाई उपयोग गर्दै "सिन्दुरेढुङ्गा लिदिङ लघु जलविद्युत आयोजना" विधिवत दर्ता भई ७० किलोवाट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य राखी निर्माण कार्य सुरु भैसकेको छ ।

 

संधै सरकारको मात्र मुख ताकी बस्ने बानीले हामी सबैको सिर्जना ओझेलमा परेको हामी आफै आफ्नो लागि केही गर्न सक्छौं भन्ने विश्वासका साथ आयोजना सफल पार्न सहकारीताको अवधारणा अगाडी सारेका छौं, जसको माध्यमबाट यस गा.वि.स. का अति विपन्न वर्ग समेतलाई आयोजनामा समेटेर लैजान सकियो भन्ने हाम्रो मुख्य उदेश्य हो । यहि उदेश्य अनुसार मिति २०६५/१२/०२ मा "सिन्दुरेढुङ्गा ग्रामीण लघु जलविद्युत सहकारी संस्था" विधिवत रुपमा दर्ता भैसकेको छ । यस सहकारीको माध्यमबाट अवश्य पनि गा.वि.स. वासीको आर्थिक हैसियत सुधार्न अपूर्व सहयोग मिल्नेछ । गा.वि.स. वासीको आर्थिक हैसियत सुध्रनु भनेको सम्पूर्ण पक्ष, जस्तो स्वास्थ्य, शिक्षा, बाटोघाटो लगायतको सुधार हुनु हो भन्ने हामीले सोँचेका छौं । यो लक्ष्य प्राप्तिको लागि केवल तपाई हाम्रो सकरात्मक सोँचको खाँचो छ । हिजो एक आपसमा विरोध गरागर गर्ने हामी यो आयोजनाले अतितलाई विर्सेर एकजुट हुन प्रेरित गरेको कुरा सम्पूर्ण स्थानीय वासीको सकृयता देख्दा हामीलाई अझ बढि उत्साह जागेको छ । हाम्रो गाउँको मुहार फेर्ने यो महान कार्य सफल पार्न वाकाचोल गा.वि.स. बाट वैदेशिक रोजगारको शिलशिलामा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरु, देशका विभिन्न भागमा विभिन्न पेशा र व्यवसाय गरेर बस्ने महानुभावहरु लगायत स्थानीय स्तरमा रहनुपर्ने सम्पूर्ण महानुभावहरु आफ्नो मातृभूमिलाई माया गर्दै यस सहकारी संस्थामा सकरात्मक सोँच सहितको शेयर लगानीको निम्ति यो संस्था विनम्र अपिल गर्दछ ।

 

यहाँहरुको अमूल्य सल्लाह सुझावको लागि

सिन्दुरेढुङ्गा लिदिङ खोला लघु जलविद्युत आयोजना

सिन्दुरेढुङ्गा ग्रामीण लघु जलविद्युत सहकारी संस्था

वाकाचोल, खोटाङ

फोनं. : ०३६-६९००१३ (वाकाचोल), ९८४१८५६७३७ (ज्ञानेन्द्र कुमार राई, काठमाडौं)

वेवसाईट : www.bakacholco.com , ईमेल : info@bakacholco.com   


Up | Down | Top | Bottom
 Message Board
krishna bahadur puri - From: Afghanistan
सम्पूर्ण बाकचोल बसी हरुमा नमस्कार म कृष्ण बहादुर पुरी हाल दुबइ बाट। शर्बप्रथम त म के भन्न चाहन्छु भने हामी जे जत...
krishna puri - From: United Arab Emirates
सम्पूर्ण बाकचोल बसी हरुमा नमस्कार म कृष्ण बहादुर पुरी हाल दुबइ बाट। शर्बप्रथम त म के भन्न चाहन्छु भने हामी जे जत...
raghu dhan - From: Qatar
सर्ब प्रथम त म रघु धन भुजेल बाकाचोल १ र हाल कतारमा कार्यरत छु! म मात्र नभयर सम्पूर्ण बाकाचोल बाशी लगायत प्रबाशमा बस...
raghu dhan - From: Qatar
सर्ब प्रथम त म रघु धन भुजेल बाकाचोल १ र हाल कतारमा कार्यरत छु! म मात्र नभयर सम्पूर्ण बाकाचोल बाशी लगायत प्रबाशमा बस...
RAGHU DHAN BHUJEL - From: Qatar
सर्ब प्रथम त म रघु धन भुजेल बाकाचोल १ र हाल कतारमा कार्यरत छु! म मात्र नभयर सम्पूर्ण बाकाचोल बाशी लगायत प्रबाशमा बस...

Up | Down | Top | Bottom
 Contact Details
Sindhure Dhunga Rural Hydropower Co-Operative Ltd.
Bakachol-5, Khotang
Contact No.: 036-690013 (Bakachol), 9841856737 (Kathmandu)
E-mail: info@bakacholco.com

Quick Query

Your Name
Subject
Your Email
Your Message

If you can't read the word, click here
Type word shown as above(to stop spam):

* ALL CAPS LETTER