About Us

नेपाल विश्वमै जलश्रोतको दोश्रो धनी देश भएता पनि उक्त जलश्रोतको सही उपयोग हुन नसक्दा देशले चरम विद्युत संकटको सामना गर्नु परिरहेको कुरा सर्वविदित्तै छ । विकट भू-वनोट भएको दुर्गम जिल्ला खोटाङको वाकाचोल गा.वि.स. वासी पनि त्यस्तै पीडा भोग्न बाध्य छन् । प्रशस्त संभावनाहरु भएतापनि राज्य एवं राष्ट्रिय तथा अर्न्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले वाकाचोलबासीका लागि विद्युत उत्पादनमा लगानी गरिदिने आँट गरेनन् । तर अब भने वाकाचोलवासीहरु आफै यसका लागि लागिपरेका छन् । Read More...

 Notice Board

अपिल

मिति: २०६५/१२/१६

 

देश उर्जा संकटबाट गुज्रदो छ । यस्तो अवस्थामा हाम्रो जस्तो विकट भू-वनोट भएको दुर्गम जिल्ला खोटाङको वाकाचोल गा.वि.स. मा विद्युत प्राधिकरणको राष्ट्रिय प्रशारण लाईन विस्तार गरी सुविधा उपलब्ध होस् भन्नु प्राय: असम्भव छ । प्रशारण लाईन जोड्नु मात्र सुविधा पाउनु होइन, न की निरन्तर आपूर्ति नभए हाल देशको मुख्य शहरहरुले बेहोरी रहेको अन्धकार नियतीले निरन्तरता पाउने छ भन्ने कुरालाई आत्मसात गर्दे वाकाचोल गा.वि.स. बासीहरुको सकृय उत्साह, वाकाचोल गा.वि.स. को कार्यालय र मुख्यगरी वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (ESAP) को अनुदान सहयोगमा स्थानीय श्रोत साधनलाई उपयोग गर्दै "सिन्दुरेढुङ्गा लिदिङ लघु जलविद्युत आयोजना" विधिवत दर्ता भई ७० किलोवाट क्षमताको विद्युत उत्पादन गर्ने लक्ष्य राखी निर्माण कार्य सुरु भैसकेको छ ।

 

संधै सरकारको मात्र मुख ताकी बस्ने बानीले हामी सबैको सिर्जना ओझेलमा परेको हामी आफै आफ्नो लागि केही गर्न सक्छौं भन्ने विश्वासका साथ आयोजना सफल पार्न सहकारीताको अवधारणा अगाडी सारेका छौं, जसको माध्यमबाट यस गा.वि.स. का अति विपन्न वर्ग समेतलाई आयोजनामा समेटेर लैजान सकियो भन्ने हाम्रो मुख्य उदेश्य हो । यहि उदेश्य अनुसार मिति २०६५/१२/०२ मा "सिन्दुरेढुङ्गा ग्रामीण लघु जलविद्युत सहकारी संस्था" विधिवत रुपमा दर्ता भैसकेको छ । यस सहकारीको माध्यमबाट अवश्य पनि गा.वि.स. वासीको आर्थिक हैसियत सुधार्न अपूर्व सहयोग मिल्नेछ । गा.वि.स. वासीको आर्थिक हैसियत सुध्रनु भनेको सम्पूर्ण पक्ष, जस्तो स्वास्थ्य, शिक्षा, बाटोघाटो लगायतको सुधार हुनु हो भन्ने हामीले सोँचेका छौं । यो लक्ष्य प्राप्तिको लागि केवल तपाई हाम्रो सकरात्मक सोँचको खाँचो छ । हिजो एक आपसमा विरोध गरागर गर्ने हामी यो आयोजनाले अतितलाई विर्सेर एकजुट हुन प्रेरित गरेको कुरा सम्पूर्ण स्थानीय वासीको सकृयता देख्दा हामीलाई अझ बढि उत्साह जागेको छ । हाम्रो गाउँको मुहार फेर्ने यो महान कार्य सफल पार्न वाकाचोल गा.वि.स. बाट वैदेशिक रोजगारको शिलशिलामा विदेशमा रहनुहुने सम्पूर्ण महानुभावहरु, देशका विभिन्न भागमा विभिन्न पेशा र व्यवसाय गरेर बस्ने महानुभावहरु लगायत स्थानीय स्तरमा रहनुपर्ने सम्पूर्ण महानुभावहरु आफ्नो मातृभूमिलाई माया गर्दै यस सहकारी संस्थामा सकरात्मक सोँच सहितको शेयर लगानीको निम्ति यो संस्था विनम्र अपिल गर्दछ ।

 

यहाँहरुको अमूल्य सल्लाह सुझावको लागि

सिन्दुरेढुङ्गा लिदिङ खोला लघु जलविद्युत आयोजना

सिन्दुरेढुङ्गा ग्रामीण लघु जलविद्युत सहकारी संस्था

वाकाचोल, खोटाङ

फोनं. : ०३६-६९००१३ (वाकाचोल), ९८४१८५६७३७ (ज्ञानेन्द्र कुमार राई, काठमाडौं)

वेवसाईट : www.bakacholco.com , ईमेल : info@bakacholco.com   


Up | Down | Top | Bottom
 Message Board
tanka rai - From: Nepal
साथीहरु म बाकाचोललाई धेरै माया गर्छु । म तपाईहरुको योजनास्थल पुगेको छु । आज यो वेवसाइड हेर्दा धेरै खुसी लाग्यो । ध...
gyanendra rai - From: Nepal
The project is going smoothly. comming week the generator and transformer will reach there through helecopter. Hoping support from every bakachol people and positive response....
Tej Rai - From: USA
के भईरहेको छ? हामीले पनि केहि थाहा पाउन पाए हुन्थ्यो । सहकारीमा लगानी गर्नेहरुले सहकारीको शेयरको प्रमाण खोज्न था...
Wongchhu Sherpa - From: USA
Dear Bakachole, what a lovely new news from my Bakachol! My Bakachole is the best in the earth. I feel so good of hearing of my Bakachole! I love my Bakachole because i was born there and my mind is always there eventhoung i am here. my body is here but my dream is most of the time is there-my v...
binod vikrmm rai - From: Malaysia
Nmaste to all. its really great.agenda to make our birth place beautiful. its a chance to give present for our mother land to evey one whos brun in BAKACHOL,Great thanks to all planners.le'ts joine together our hand to hand to make brighter our village...................

Up | Down | Top | Bottom
 Objectives

 संस्थाको उदेश्य

  • संस्थाको लक्ष्य हासिल गर्ने विद्युतसँग सम्बन्धित क्रियाकलापहरु सञ्चालन गरी संस्था र सदस्यहरुको सर्वोपरी हितको प्रवर्द्धन गर्ने ।
  • संस्थाका ग्राहक सदस्यहरुको विद्युतको ग्राहस्थ उपभोगका साथै आयमुलक एवं विद्युत सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापन गर्ने ।
  • संस्थाका सदस्य तथा कर्मचारीहरुलाई सहकारी शिक्षा तथा विद्युत प्रणाली एवं उपकरण मर्मत सम्बन्धी आवश्यक तालिमका कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • अधिकतम विद्युत खपत हुने बेलुकाको समय बाहेक अन्य समयमा विद्युत खपत बढाउने खालका आयमुलक क्रियाकलापहरु प्रवर्द्धन गरी कार्य क्षेत्रभित्र सामाजिक तथ
 Activities
यस सिन्दुरेढुङ्गा ग्रामिण लघु जलविद्युत सहकारी संस्थाको प्रबन्धकमा फूल बहादुर तामाङलाई नियुक्त गरिएको छ ।
वर्षौंदेखि अध्याँरोमा आफ्नो गुजारा चलाउँदै आएका वाकाचोलवासीहरुको विजुली बाल्ने सपना साकार पार्न अमेरिकामा रहनुभएका वाकाचोलवासीहरुले हालै ५६०० अमेरिकी डलर सहकारीमा जम्मा गर्नुभएको छ ।
 Recent Photos
After receiving Transmition cable Ramesh Jodhani- MD Janta Cable,Gyanendra k. Rai, Shir bdr. Rai, Rakha, Rc Adhikari-Civil Engineer of Energy prabardan co. Generator Metal Poles Transmition wair Penstock pipe